Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दियो


    बुधबार, फाल्गुन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नामिबियालाई नेपालले १६९ रनको लक्ष्य दिएको छ ।

    ३७. १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

    नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

    नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

    त्यस्तै नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार