Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेदरल्याण्ड्ससँग नामिबिया १२३ रनमै अलआउट


    सोमबार, फाल्गुन ७ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ ।

    आज टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो ।

    नामिबियाका लागिजेजे स्मितले सर्बाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २०, जाने ग्रीनले १९ रन बनाएका थिए ।

    नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै किल क्लेईनले २ विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार