Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो: प्रधानमन्त्री


    सोमबार, फाल्गुन ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थामा भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको टिप्पणी गरेका छन् ।

    ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८०’ मूल समारोह समितिका अध्यक्ष समेत रहेका उनले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउँदै सबैमा शुभकामना समेत दिए । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उनले सम्बोधनका क्रममा बताए ।

    साथै सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नु पर्ने दायित्व सरकारको रहेको उनले उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार