बाह्रबीसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २६ औं साधारणसभा एवं एघारौं अधिवेशन आगामी चैत ९ र १० गते हुँदैछ । संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । संघको अध्यक्षका लागि अमृत कार्की, शम्भु तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । अमृत कार्की वर्तमान उपाध्यक्षहुन् । तिमल्सिना वर्तमान महासचिव हुन् ।
खत्री बिष्णु खत्रीका भाइ भएकाले उनले उम्मेदवारी दिन पाएमा उनी बलिया दाबेदार हुन् । सुमन खत्री अघिल्लो कार्यसमितिमा मानार्थ उपाध्यक्ष थिए । सुमन खत्री पूर्वअध्यक्ष बिष्णु खत्रीको भाइ भएकै कारण उनी ओझेलमा पर्दैआएका छन् । अध्यक्षका दाबेदारहरुमध्ये आफ्नै ब्रान्डमा ब्यापार गर्ने खत्री एकमात्र ब्यापारी हुन् । प्रहरीका उच्च अधिकारीदेखि अर्थप्रशासनको उच्च तहसम्म खत्रीको पहुँच छ ।
बुद्धराज बस्नेत २०७३ कांग्रेसबाट माओवादी भएका र २०७९ मा फेरि कांग्रेस छाडेका पात्र हुन् । उनी संघका पूर्वपदाधिकारी हुन् । उनलाई कुनै हालतमा उद्योग बाणिज्य संघको अध्यक्ष हुन नदिन बाह्रबीसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत नै लागेका छन् । माओवादी छाडेका उनलाई कांग्रेसको पनि साथ नभएपछि उनको संभावना कम देखिन्छ । ब्यापारीको हितमा अहिलेसम्म कुनै लबिङ नगरेका र आफ्नो मात्र स्वार्थपूर्ति गर्ने ब्यक्तिका रुपमा बस्नेत चिनिन्छन् । ब्यापारीले पेशागत हितका लागि राखेको बैठक छाडेर हिंड्ने पात्रका रुपमा उनी चिनिन्छन् ।
उद्योग बाणिज्य संघको चुनावमा पनि दलीय प्रभाव जबर्जस्त देखिने भएकाले अवसरवादका पर्यायहरु नेतृत्वमा आउने संभावना क्षीण रहेको संघकै एक पदाधिकारी बताउँछन् । यद्यपि संघका वर्तमान अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) भने बुद्धको पक्षमा लचिला देखिएका छन् । उनका भाइ सुदिप बस्नेतले बुद्धराजको पक्षमा फेसबुकमा लेखेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका भान्जा नाता पर्ने अरुण थापाको नाम लिंदै रसुवा भन्सारमा तस्करीको सेटिङ गर्छु भनेर क्यारिङवालाहरुलाई बस्नेत दुःख दिंदै आएका छन् । संघको सचिवमा इश्वर गुभाजुले दाबी गरेका छन् । उनी माओवादी निकट हुन् । र, सिन्धुपाल्चोका सांसद माधव सापकोटा ‘सुबोध’ का ब्यापारिक पार्टनर हुन् ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend