काठमाडौँ। भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको टिप्पणी गरेका छन्।
राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज-गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
उनले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे।
उनले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताए।
मन्त्री ज्वालाले सडक खण्डको निर्माण तिब्र रुपमा अघि बढेको पनि बताउनु भयो । उहाँले तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएकोमा एक वर्षमै करिव ५० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी एक वर्षभित्रमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे।
उनले स्थानीयहरूको गुनासो बजेट अभाव भयो भन्ने रहेको भन्दै सरकारले बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए।
उनले भने, ‘हुलाकी राजमार्ग नेपाल सरकारको उच्च प्राथमिकतामा छ। हामीले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर बजेट पनि पर्याप्त नै विनियोजन गरेका छौं। अहिले यो सडकको खासगरी नेपालगञ्जदेखि गुलरियासम्मको यो खण्डको अनुगमन गर्दा सन्तुष्टि गर्ने ठाउँ छ। यो साइटको रुख कटान, बिजुलीका तार हटाउने, पोल हटाउने लगायतका कुराहरूमा समस्या समाधान भएका छन्। कामको गति पनि तीब्र रूपमा अघि बढेको छ। बजेटको अभाव भयो भन्ने गुनासो छ। बजेटको पूर्ति गर्नका लागि हामी पहल गर्नेछौं। अबको एक वर्ष भित्रमा यो पूरा हुने स्थिति देखिन्छ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend