Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल आज नेदरल्यान्ड्सँग भिड्दै


    शनिबार, फाल्गुन ५ २०८०
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ। उक्त खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

    नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

    त्यस खेलमा ४ विकेट लिएका लोगन भान बिक यस पटक टोलीमा छैनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेलेका ओपनर म्याक्स ओडाउड नेपालको कन्डिसन बारे जानकार छन् ।

    २०२१ को त्रिकोणात्मक टी-२० आई शृङ्खलामा उनले मलेसियाविरुद्ध टी-युमा १३३ रनको शतकीय इनिङ खेलेका थिए । बास डि लिडे, म्याक्स ओडाउड, तेजा निडामानिरु, स्कट एडवार्ड्स र विक्रमजित सिंह जस्ता ब्याटरले नेदरल्यान्ड्सको ब्याटिङ मजबुत बनेको छ । अलराउन्डर लिडे प्रमुख हतियार हुन् ।

    नेदरल्यान्ड्सले स्पिन अलराउन्डर रोलेफ भान डर मर्वे, शरिज अहमद र आर्यन दत्त गरि तीनै जनालाई मैदान उतार्न सक्छ । सबैले राम्रो ब्याटिङ पनि गर्दछन् । अनुभवी मर्वेको बलमा नेपाली ब्याटर संयमित हुन आवश्यक देखिन्छ । भिभियन किंग्मा र लिडे प्रमुख तीव्र गतिका बलर हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार