काठमाडौं । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका केलियन एम्बाप्पेले सिजनको अन्त्यमा आफूले क्लब छोडन लागेको जानकारी पेरिस सेन्ट जर्मेन पीएसजीलाई दिएका छन् ।
२५ वर्षीय एम्बाप्पे लिग वान् च्याम्पियनसँगको साथ छाडेर स्पेनिस क्लब रियल मड्रिडमा जाने चर्चा छ तर उनले पीएसजी छाड्न लागेको भन्ने बित्तिकै रियल म्याड्रिड जाने अड्कल काट्न थालिएको हो । पछिल्लो गर्मीको ट्रान्सफर विण्डोमा पनि एम्बाप्पे क्लब छाड्ने चर्चामा थिए ।
उनलाई एक समय पीएसजीको पहिलो रोजाइको टिमबाट निकालिएको थियो । क्लबको एसिया भ्रमणमा एम्बाप्पे टिममा थिएनन् ।
एम्बाप्पेसँग १ वर्षको समय अझै बाँकी छ । जसका कारण उनले क्लब छाडेमा ट्रान्सफर फिको साथमा बिक्री हुनेछन् या त कुनै खेलाडीको आर्थिक पक्ष कटौती हुनेछ ।
पीएसजीले अहिले नै एम्बाप्पेलाई टिम बाहिर राख्न चाहेको छैन । पछिल्लो सिजन लियोनल मेस्सी र नेइमार बाहिरिएपछि पीएसजीको योजना युवा खेलाडीलाई प्रोत्साहन गरि टिम बनाउने छ ।
२०१८को विश्वकप विजेता एम्बाप्पेले एकवर्षमा १७१ मिलियन पाउण्ड कमाइ गर्छन् ।
पीएसजी हाल फ्रान्सको शीर्ष लिगमा दोस्रो स्थानमा रहेको नाइसभन्दा ११ अंक माथि छ । पीएसजीले घरेलु नकआउट प्रतियोगिताको क्वाटरफाइनलमा नाइससँग नै खेल्नेछ ।
फ्रेञ्च च्याम्पियनले अन्तिम १६ च्याम्पियन्स लिगमा प्रतियोगिताको पहिलो चरणमा रियल सोसिडाडलाई २–० ले पराजित गरेको थियो । जसमा एम्बाप्पेले क्लबका लागि सुरुवाती गोल गरेका थिए ।
यहि सिजनमा मात्रै युरोपको शीर्ष लिगमा एम्बाप्पेको यो चौथो गोल हो भने घरेलु लिगमा उनले २० गोल गरिसकेका छन् ।
समग्रमा उनले पीएसजीका लागि २९० खेलमा २४३ गोल र ९३ असिस्ट गरेका छन् ।
१८ वर्षको उमेरमा २०१७ मा उनले मोनाकोसँग हुँदा फ्रेन्च टप फ्लाइटको अवार्ड जितेका थिए ।
उनले मोनाकोको लागि ६० खेलमा २७ गोल र १३ असिस्ट गरेका थिए ।
एम्बाप्पेले २०२१/२२ को सिजनमा नै पीएसजी छोड्न चाहन्थे तर त्यसपछि उनले भविष्यको योजनाको नाम दिँदै २ वर्षको सम्झौता थप गरे ।
तर भनिन्छ, त्यसबेला एम्बाप्पेले १२ महिनाको मात्रै सम्झौता गर्न चाहेका थिए ।
उनलाई साउदी प्रो लिग खेल्ने क्लब अल हिलालबाट पनि राम्रो अफर आएको थियो तर उनी त्यसतर्फ गएनन् । उनलाई अल हिलालबाट २५९ मिलियन पाउण्ड बराबरको अफर आएको थियो ।
उनले गत समरमा पीएसजीबाट एसिया भ्रमणमा पहिलो रोजाइको टिमसँग नखेल्दा उनले क्लब छोड्ने चर्चा सुरु भएको थियो । यसपछि भने पुन उनी पहिलो रोजाइमा पर्दै प्रशिक्षणमा फर्किए ।
२०२२ मा एम्बाप्पेले पीएसजीको सम्झौतालाई कायम राख्दै रियल मड्रिड गएनन् ।
उनले २०२२ को विश्वकप फाइनलमा फ्रान्सका लागि ह्याट्रिक गरेका थिए । तर फ्रान्स अर्जेन्टिनासँग हार्दै उपाधि गुमाएको थियो ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend