एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीको कारागारमै मृत्यु भएको छ ।
रुसी विपक्षी नेता एलेक्सी ४७ वर्षका थिए । लामो समयदेखि रुसी विपक्षी राजनीतिज्ञ र भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्यु भएको कारागारले जनाएको छ । फेब्रुअरी १६ सुधारात्मक कालोनी ३ मा रहेका नाभाल्नी हिँडेपछि बिरामी महसुस गरे र लगभग तुरुन्तै होस गुमाए भनी एबिसीन्यूजले उल्लेख गरेको छ ।
संस्थाका स्वास्थ्य टोलीहरु तुरुन्तै आइपुगे र एम्बुलेन्स बोलाइयो। जीवन बचाउन सबै आवश्यक उपायहरू गरियो तर उनी बाचेनन । आकस्मिक चिकित्सा सेवाका चिकित्सकहरूले एलेक्सीलाई मृत घोषित गरे,” विज्ञप्तिमा भनिएको छ।
नाभाल्नी लामो समयदेखि राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा काँडा बनेका थिए । हालैका वर्षहरूमा देखिएका केही ठूला सरकार विरोधी प्रदर्शनहरू आयोजना गरेका थिए। उनी जर्मनबाट उपचार पछि २०२१ मा रूस फर्के र राजनीतिक रूपमा प्रेरित भएको आरोपमा उनलाई तुरुन्तै पक्राउ गरियो। त्यस पछि उनी थुनामा थिए ।
नाभाल्नीलाई चरमपन्थी समुदाय सिर्जना गर्ने, चरमपन्थी कार्यकर्ताहरूलाई आर्थिक सहयोग गर्ने र अन्य विभिन्न अपराधमा दोषी पाइएपछि अगस्तमा १९ वर्षको कैद सजाय सुनाइएको थियो। उनी पहिले नै ठगी र अन्य आरोपहरूमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको कारागार सजाय काटिरहेका थिए।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend