Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको टिप्पणी- ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो


    शुक्रबार, फाल्गुन ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् ।

    पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि उक्त अवधारणा अघि सारेको बताए ।

    नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुसी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको ओलीको धारणा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार