Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र र राप्रपाको सहभागिता नहुने


    मंगलबार, फाल्गुन १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका साथसाथै राप्रपाको संस्थागत सहभागिता नरहने भएको छ ।

    प्रसाईंले आज मंगलबार राजधानीको भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ ।

    पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्। उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।

    त्यस्तै प्रसाईंले पूर्वराजालाई बाराको सिमरामा भेटेर कार्यक्रमको निम्ताका साथै समर्थन खोजेका थिए । सो भेटपछि उनले पूर्वराजासँग अर्थपूर्ण संवाद भएको समेत बताएका थिए ।

    यस्तै उनले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् । प्रसाईले सोहीअनुसार सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए । यस्तै उनले कार्यक्रममा समेत सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए । उनले अध्यक्ष लिङ्देन मंगलबार आयोजित प्रसाईंको कार्यक्रममा सहभागी हुने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । अहिलेकै अवस्थामा संस्थागत सहभागिता नरहेपनि राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार