Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटालियन सिरी ए फुटबलमा उडिनेससँग युभेन्टस पराजित


    मंगलबार, फाल्गुन १ २०८०
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानका युभेन्टस पराजित भएको छ । सोमबार राति भएको खेलमा युभेन्टस १५ औँ स्थानमा उडिनेससँग १–० गोल अन्तरले पराजित भएको हो ।

    उडिनेसभन्दा युभेन्टसले बल नियन्त्रण बढी गरे पनि गोल गर्न असफल भयो । ३० औँ मिनेटमा उडिनेसका लागि लाउतारो गेनेटीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एलेक्स सान्ड्रोले गरेको फ्रिकिकलाई क्लोज रेन्जमा रहेका लाउतारोले गोलमा परिणत गरेका थिए ।

    सोही गोलको अग्रता अन्तिमसम्म जोगाउँदै उडिनेसले महत्वपूर्ण तीन अंक लिन सफल भयो । पराजित भएको युभेन्टस २४ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने उडिनेस २४ खेलबाट २२ अंकका साथ तालिकाको १५ औँ स्थानमा उक्लिएको छ । सिरी एमा इन्टर मिलान २३ खेलबाट ६० अंकका साथ शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार