Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थतन्त्रका सबै सूचक सुधारतर्फ सकारात्मक रहेको अर्थमन्त्री महतको दाबी


    सोमबार, माघ २९ २०८०
    840
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको उल्लेख गरेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् ।

    अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

    यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उनले भने, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’ जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनको विश्लेषण छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार