Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नक्कली ‘सुन’ देखाएर ठगी गर्ने ५ जना पक्राउ


    आइतबार, माघ २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङ छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले शनिबार उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ की विनीता थापामगरलाई एक किलो नक्कली ‘सुन’ देखाएका थिए । सुनमा लगानी गर्दा फाइदा हुने आश्वासन दिएर सात लाख ७५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

    थापामगरले आफू ठगीमा परेको प्रहरीमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई लाख रुपैयाँ नगद र मोबाइल फोन बरामद गरेको छ ।

    उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार