सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागका डीआईजी गणेश ठाडामगरले नेपालफेस डटकममा २०८० पुस २२ गते आइतबार प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमार्फत् खण्डन पठाएका छन् ।
काउन्सिलमार्फत् पठाएको खण्डनमा उनले समाचार कपोलकल्पित, आधारहीन तथा तथ्यहीन भएको उल्लेख छ । उनले प्रेस काउन्सिलमार्फत् पठाएको खण्डनमा उल्लेख छ–तपाइको अनलाइन पोर्टलमा उल्लिखित मितिको ‘सेटिङमा तस्करी, बाहिनीमा तानिएका सशस्त्रका डिएसपी र इन्स्पेक्टर पुनः फिर्ता’ शीर्षकको समाचारमा पत्रकार आचारसंहिता २०७३ लाई कति पनि ख्याल नगरिकन एकपक्षीय रुपमा मेरो व्यक्तिगत चरित्र हत्या एवं संगठनको छविमा समेत प्रश्नचिन्ह उठ्नेगरि छापिएका अनेक तथ्यहीन कुरामा कुनै पनि सत्यता नभएको हुनाले सो प्रकारको अनर्गल, तथ्यहीन र एक प्रकारले प्रायोजित समाचारमा मसँग कुनै पनि प्रकारको सम्पर्क नगरिकन प्रकाशित समाचारप्रति मेरो तथा सिंगो संगठनको समेत गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहन्छु ।
म विगत २५ वर्षदेखि संगठन, देश र देशवासीको श्रीबृद्धिको निम्ति अनवरत खटिइरहेको अधिकृत हुँ । पेशाको यो गौरबमय जीवनमा कुनै पनि कारबाहीमा नपरी गो.द.बा.चौथा, प्रबल जनसेवाश्री चौथा तथा सुप्रबल जनसेवाश्री तेवा लगायत दर्जनौ मान पदवी र अलंङ्कारहरुले बिभूषित हुनका साथै कुनै पनि अवधिमा सामान्य स्पष्टीकरण समेत नपाएको अधिकृत हुँ ।
हाल सशस्त्र प्रहरी बल प्रधान कार्यलय सीमा सुरक्षा बिभागमा कार्यरत रहेको तथा देशभरीको सीमासँग सम्बन्धित विषयहरु हेर्ने जिम्मेवारी प्राप्त भए पश्चात प्राप्त सूचनाहरु बिभागीय प्रमुख मार्फत् सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहत अनुगमन शाखालाई दिने तथा अनुगमन शाखाबाट अनुगमनार्थ टोली खटाउँदा पाइएको कमी कमजोरीको आधारमा कतिपय अधिकृतहरु कारबाहीमा परेका र कतिपय अधिकृतहरु सम्बन्धित बाहिनीले फिर्ता गरेको विषयलाई मसँग सम्बन्ध नै नभएको तथा सांगठनिक नाताबाहेक सामान्य चिनजान समेत नभएको व्यक्तिलाई नाता प्रमाणित गर्ने, असान्दर्भिक रुपमा नाम जोड्ने लगायत उक्त समाचारमा उल्लिखित विबरणको कुनै पनि सत्यता तथ्य नभएको समेत प्रष्ट पार्दछु ।
साथै उल्लेखित लेखको विषयमा सोही ढाँचामा खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दै सो समाचारको खण्डन नगरिदिनुभएको खण्डमा प्रचलित नेपाल कानुन बमोजिम अधिकार प्राप्त न्यायिक निकाय समक्ष मानहानी लगायतको विषय सहित उचित कानूनी उपचारमा जान बाध्य हुने व्यहोरा समेत अवगत गराउँदछु ।
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend