Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाचारप्रति डीआईजी ठाडामगरको आपत्ति


    शुक्रबार, माघ २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागका डीआईजी गणेश ठाडामगरले नेपालफेस डटकममा २०८० पुस २२ गते आइतबार प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमार्फत् खण्डन पठाएका छन् ।

    काउन्सिलमार्फत् पठाएको खण्डनमा उनले समाचार कपोलकल्पित, आधारहीन तथा तथ्यहीन भएको उल्लेख छ । उनले प्रेस काउन्सिलमार्फत् पठाएको खण्डनमा उल्लेख छ–तपाइको अनलाइन पोर्टलमा उल्लिखित मितिको ‘सेटिङमा तस्करी, बाहिनीमा तानिएका सशस्त्रका डिएसपी र इन्स्पेक्टर पुनः फिर्ता’ शीर्षकको समाचारमा पत्रकार आचारसंहिता २०७३ लाई कति पनि ख्याल नगरिकन एकपक्षीय रुपमा मेरो व्यक्तिगत चरित्र हत्या एवं संगठनको छविमा समेत प्रश्नचिन्ह उठ्नेगरि छापिएका अनेक तथ्यहीन कुरामा कुनै पनि सत्यता नभएको हुनाले सो प्रकारको अनर्गल, तथ्यहीन र एक प्रकारले प्रायोजित समाचारमा मसँग कुनै पनि प्रकारको सम्पर्क नगरिकन प्रकाशित समाचारप्रति मेरो तथा सिंगो संगठनको समेत गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहन्छु ।

    म विगत २५ वर्षदेखि संगठन, देश र देशवासीको श्रीबृद्धिको निम्ति अनवरत खटिइरहेको अधिकृत हुँ । पेशाको यो गौरबमय जीवनमा कुनै पनि कारबाहीमा नपरी गो.द.बा.चौथा, प्रबल जनसेवाश्री चौथा तथा सुप्रबल जनसेवाश्री तेवा लगायत दर्जनौ मान पदवी र अलंङ्कारहरुले बिभूषित हुनका साथै कुनै पनि अवधिमा सामान्य स्पष्टीकरण समेत नपाएको अधिकृत हुँ ।

    हाल सशस्त्र प्रहरी बल प्रधान कार्यलय सीमा सुरक्षा बिभागमा कार्यरत रहेको तथा देशभरीको सीमासँग सम्बन्धित विषयहरु हेर्ने जिम्मेवारी प्राप्त भए पश्चात प्राप्त सूचनाहरु बिभागीय प्रमुख मार्फत् सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहत अनुगमन शाखालाई दिने तथा अनुगमन शाखाबाट अनुगमनार्थ टोली खटाउँदा पाइएको कमी कमजोरीको आधारमा कतिपय अधिकृतहरु कारबाहीमा परेका र कतिपय अधिकृतहरु सम्बन्धित बाहिनीले फिर्ता गरेको विषयलाई मसँग सम्बन्ध नै नभएको तथा सांगठनिक नाताबाहेक सामान्य चिनजान समेत नभएको व्यक्तिलाई नाता प्रमाणित गर्ने, असान्दर्भिक रुपमा नाम जोड्ने लगायत उक्त समाचारमा उल्लिखित विबरणको कुनै पनि सत्यता तथ्य नभएको समेत प्रष्ट पार्दछु ।

    साथै उल्लेखित लेखको विषयमा सोही ढाँचामा खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दै सो समाचारको खण्डन नगरिदिनुभएको खण्डमा प्रचलित नेपाल कानुन बमोजिम अधिकार प्राप्त न्यायिक निकाय समक्ष मानहानी लगायतको विषय सहित उचित कानूनी उपचारमा जान बाध्य हुने व्यहोरा समेत अवगत गराउँदछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार