Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानको चुनावी मत परिणाम : २१ सिटमा जित हासिल गर्दै इमरान समर्थकको अग्रता


    शुक्रबार, माघ २६ २०८०
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनावका लागि गत बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहेको छ।

    शुक्रबार दिउँसोसम्म विभिन्न आरोपसहित जेलमा हालिएका इमरान खान नेतृत्वको पार्टीका समर्थक स्वतन्त्र उम्मेदवारहरूले जितको अग्रता बनाएका हुन।

    कुल जम्मा २६५ सिटमा भएको मतदानपछिको गणनाअनुसार अहिलेसम्म ६३ सिटको मत परिणाम सार्वजनिक भैसकको छ।

    ताजा अवस्थामा पाकिस्तान तेहरिक इन्सान पार्टीको समर्थनमा मैदानमा उत्रिएका उम्मेदवारले अहिलेसम्म २१ सिटमा जित हासिल गरिसकेका छन् भने अर्कातिर बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले अहिलेसम्म २१ सिटमा जित निकाल्दै इमरान समर्थकलाई टक्कर दिइरहेको छ।

    तेस्तै प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले १८ सिटमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ ।

    अर्कोतर्फ़ अहिलेसम्म प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफले उम्मेदवारी दिएका दुइ मध्ये एक सिटमा पराजय बेहोरेका छन्।

    नवाज मनसेहरा सिटमा पराजित हुँदा लाहौरबाट भने विजयी भएका कारण लाहौरको जितले भावी प्रधानमन्त्री हुने उनको बाटो बन्द हुनबाट जोगिएको छ।

    अर्कातिर नवाजका भाइ तथा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहबाज शरिफ पनि विजयी भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार