Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको आरोपमा १ जना पक्राउ


    शुक्रबार, माघ २६ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवलपरासी पूर्वमा विभिन्न सरकारी कार्यालयको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    विनयी त्रिवेणी गाउँपालिका–४, बैरेनी बस्ने गोरखाको सहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाशचन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१, दुम्किबास बजारबाट पक्राउ गरेको हो ।

    साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्तेसम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका सामानहरू समेत बरामद गरिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार