Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्रधानमन्त्रीले भने- सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नूस् 


    सोमबार, माघ २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्।

    ‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनूहोस्। सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनूहोस्,’ प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ। सरकारले राम्रा काम गरेका छन्। यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नूहोस्।”

    आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए। उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

    संघीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था हामीले ल्याएको हो। यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो। त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार