Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले बोलायो संसदीय दलको बैठक


    सोमबार, माघ २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक डाकेका छन् । संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ ।

    त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

    यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार