Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोप पठाइदिने भन्दै ६०० जनाभन्दा बढीबाट करोडौं ठग्ने तामाङ पक्राउ


    बिहिबार, माघ १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । माल्टा लगायत विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ६०० बढीलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकाश वाईवा भन्ने सुजन तामाङ गरेका छन् ।

    काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न थिए ।

    उनले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ ।

    उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

    यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ

    प्रहरीका अनुसार अहिलेसम्म ७० जनाले मुद्दा दर्ता गरेको र उनीहरूको ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ ।

    हिजो माघ १७ गते पक्राउ गरी उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार