Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीसहित २१ आयोजनामा दबाब दिन पैदल यात्रा गर्दै रास्वपा


    बिहिबार, माघ १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ।

    रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो।

    पछिल्लो पटक गत माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो।

    यही माघ २१ गते दबाब यात्रालाई सभापति रविले सुरूवात गर्नेछन्। सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ।

    सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ।

    सभापति लामिछाने सहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।

    उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्।

    रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।

    हेर्नुहोस् यी हुन् रास्वपाले दबाब यात्रा गर्ने आयोजना:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार