काठमाडौं। सर्वोच्च अदालतले जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको बैवाहिक बलात्कार मुद्दाको फाइल झिकाउने आदेश जारी गरेको छ ।
आज (बुधबार) सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुनिल पोखरेलको इजलासले उक्त मुद्दाको फाइल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको हो ।
निलम्बित न्यायाधीश गिरीलाई उनकै पत्नी आरतीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिईन् । आरतीले काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेकीमा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध आरती उच्च अदालत पाटन गएकी थिईन् । उच्च अदालत पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेकी थिईन् ।
निलम्बित न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने निवेदक आरतीको माग छ ।
उक्त मुद्दामा अर्को सुनुवाइका लागि माघ २४ गते अर्को पेशी तोकिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend