Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एटीएम फोड्ने प्रयास गर्ने एक जना प्रहरी नियन्त्रणमा


    सोमबार, माघ १५ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।

    बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले हातले मुक्का हानी एटीएम तोडफोड गर्दै गरेका उनलाई पक्राउ गरिएको प्रहरीेले जनाएको छ । पक्राउ परेका पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार