काठमाडौं । कोशी प्रदेश सभामुखको को विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा कोशी प्रदेशमा अम्बरबहादुर विष्टलाई सभामुख बनाएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।
सोही विषयलाई लिएर पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच टकराब सुरु भएको छ। बागमती प्रदेशमा सभामुख हुँदा कोशीमा किन नहुने भन्ने एकाथरीको बुझाइ छ भने अर्काथरीका नेताले पार्टी सरकारमै भएको अवस्थामा बागमतीमा गठबन्धनभित्रको सहमतिअनुसार सभामुख लिएको र अहिलेको अवस्थामा भागबन्डामा पदीय जिम्मेवारी लिन नहुने तर्क गर्दै आएको छ ।
कोशीमा गत पुस २४ गते विष्टलाई सभामुख बनाउने निर्वाचन प्रक्रिया चलिरहँदा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेको थियो । तर, लोहनी नेतृत्वको निर्देशन समितिले दिएको निर्देशनबारे राप्रपाले पार्टीमा अहिलेसम्म औपचारिक निर्णय लिएको छैन । वरिष्ठ उपाध्यक्ष मिश्रले भने निर्देशक समितिको निर्देशनअनुसार पार्टीले कोशी प्रदेशमा सभामुख बनेका विष्टलाई फिर्ता बोलाउनुपर्ने जिकिर गर्दै आएका छन्। यद्यपि, निर्देशन समितिको निर्देशनका विषयमा पार्टीमा छलफल नहुने अध्यक्ष लिङ्देनको भनाई छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend