Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सुदन किरातीलाई मन्त्रीबाट बर्खास्त गर्न राप्रपाको माग


    बिहिबार, पुष ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।

    उनले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने उल्लेख छ ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्ति प्रति गम्भिर आपत्ति प्रकट गर्दछ। संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हॅुदैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसंग राप्रपा जोडदार माग गर्दछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार