काठमाडौँ । राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ ।
राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
राप्रपाले यस अघि शुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताए । साथै उनले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताए ।
साथै राप्रपाले सहकारी ठगि प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ ।
साथै राप्रपाले आफ्नो संसद गीता बस्नेतलाई सहकारी ठगी प्रकरणमा कानुन अनुसार उपस्थित भएर सामना गर्न निर्देशन दिने निर्णय गरको छ भने त्यस्तै प्रकृतिका विषयमा मुछिएका सबैलाई कारवाहीको माग समेत गरेको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् ।
त्यस्तै राप्रपाले गिरीबन्धु टी-स्टेट प्रकरणमा भएको नीतिगत भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend