काठमाडौं । एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश ग¥यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो ।
४२ औँ मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो ।
४७ औँ मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औँ मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३ औँ मिनेटमा पाएको पेनाल्टी आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।
क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो । तर, दोस्रो हाफको थप गरिएको १२ औँ मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३–२ को जित दिलाए ।
समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । छैटौँ मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो ।
८८ औँ मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३–१ मा झारे पनि हार भने टरेन ।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend