Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा तामाङ नियुक्त


    बुधबार, माघ १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नियुक्ति दिएको हो ।

    साउदी अरेवियामा फेब्रुअरी १८ देखि २८ सम्म हुने वाफ महिला च्याम्पियनसिपका लागि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ। उनी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र एपीएफ क्लबका पूर्व प्रशिक्षक हुन् ।

    प्रमुख प्रशिक्षक तामाङसहित टिमको सहायक प्रशिक्षकको रुपमा कमला राखल र टिम व्यवस्थापकको रुपमा विन्दा देवाल नियुक्त भएका छन्। टिमको गोलरक्षक प्रशिक्षकमा उज्वल मानन्धर रहने छन् । नियुक्त भएसँगै प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीलाई प्रशिक्षणका लागि बोलाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार