Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुढीगण्डकी जलविद्युत आयोजनाको म्याद फेरि थप


    बुधबार, कार्तिक १२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम गर्दै आएको कार्यालयको म्याद फेरि एक वर्ष थपिने भएको छ ।

    भोलीबाट सकिन लागेको बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइको म्याद एक वर्ष थप हुने भएको हो ।

    उक्त कार्यालय गोरखाको गण्डकी गाउँपालिका सिउरेनीटारमा रहेको छ ।

    सुरुमा २ वर्षका लागि स्थापना गरिएको कार्यालयले मुआब्जा वितरण र पुनर्बासको काम नसकेपछि २ पटक १÷१ वर्षका लागि समय थप भइसकेको छ ।

    तर यस अवधिमा पनि काम नसकिएपछि फेरि म्याद थप्न लागिएको हो ।

    १२०० मेगावाट क्षमताको जलासययुक्त आयोजना बुढीगण्डकीको डुवान क्षेत्रका जग्गाको मुआब्जा वितरण गर्ने, पुनर्बास र पुनस्र्थापनाको काम गर्न यो इकाइ कार्यालय स्थापना गरिएको थियो ।

    २०७३ मंसिरमा डुवान क्षेत्रका जग्गाको मुआब्जा तोकेपछि यसले मुआब्जा वितरण गर्दै आइरहेको छ । हालसम्म ५८ हजार रोपनी व्यक्तिगत जग्गामध्ये ४८ हजार रोपनीको मात्र मुआब्जा वितरण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार