Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अमेरिकामै गरिन् रेखा थापाले ‘बेबी सावर’


    मंगलबार, माघ ९ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिलो बच्चा जन्माउन अमेरिका पुगेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले उतै ‘बेबी सावर’ गरेकी छन् । कोलोराडो स्प्रिङ्समा शनिबार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् ।

    श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् ।

    रेखाको यो पहिलो सन्तान हो । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार