काठमाडौं । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन् ।
शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।
‘पर्दामा देखिनु मात्र हिरोइजम होइन । हिरोले समाजमा आशा लेखाउँछ। हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन् । हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन् ।
उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताएकी छन्। नायिका थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन् ।
‘पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो। अहिले परिभाषा बदलिएको छ। अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो। अब हिरो हिरोइन विस्तापित भएको जस्तो लाग्छ,’ उनले भनिन् ।
पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन्। भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्। थापाले पछिल्लो समय नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएको बताइन् । उनले नेपाली फिल्मलाई माया गर्न आग्रहसमेत गरेकी छन्। उनले नयाँ पुस्तालाई संरक्षण गर्न आग्रहसमेत गरेकी छन् ।
यस्तै नायक नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताएका छन्। ‘बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उहाँका लागि हिरो हो । त्यसैले कलाकारले पनि समाजिक क्षेत्रमा काम गर्नुपर्ने उनले बताए ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend