काठमाडौं । सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छन् ।
उनले फिल्मको नाम सोचिरहेको बताइन् ।
नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिुन् ।
मेरो अझै दर्बिलो उपस्थिति हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् ।
रेखा थापा वैशाखको १८ गते अमेरिकाबाट नेपाल फर्किदैछिन् ।
उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ ।
फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।
फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् ।
फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।
रेखा थापा अमेरिकामा गएर छोरी जन्माएको बिषयमा उनको पार्टी राप्रपाभित्रै चर्को आलोचना भएको थियो । राप्र्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै थापा बच्चा जन्माउन अमेरिका गएको भन्दै सार्वजनिक रुपमा ब्यंग्यात्मक अभिब्ब्यक्ति दिएका थिए । त्यसको जवाफमा रेखाले लिङ्देनले पनि अमेरिकामा छोरी पठाएको भन्दै फिर्ता गर्न चुनौती दिएकी थिइन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend