Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै


    सोमबार, माघ ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको हाे ।

    बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पुँजीगत खर्चको सम्बन्धमा र मन्त्रालयसँग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धी, त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अध्ययनबाट देखिएका विषयहरूको प्रारम्भिक अध्ययन प्रतिवेदन सम्बन्धी छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार