काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन नगर्न आफूले रोक्न खोजेको बताएका छन् ।
आज मधेस प्रदेशको राजधानी जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानमा आयोजित राष्ट्रियसभाका लागि सत्ता गठबन्धनले खडा गरेका उम्मेदवार र मतदाताबिचको अभिमुखीकरण कार्यक्रममा पुनले आफूले ओलीलाई संसद् विघटन नगर्न आग्रहसहित रोक्ने प्रयास गरेको बताएका हुन् ।
ओलीले आफैँले स्वामित्व लिएको संविधानको मर्म र भावना तथा नेपाली जनताको १०औँ हजारको बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता सामाजिक न्यायलगायतका शासन प्रणालीका आधारहरुमाथि प्रहार गरेका कारण आफूहरु सरकारबाट बाहिरिएको उनको भनाइ छ ।
‘संसद् विघटनको निर्णय गर्ने क्याबिनेटमा म आफैँ थिएँ । मसहित केही साथीहरुले त्यतिखेरका प्रधानमन्त्रीलाई नेपाली जनताको १०औँ हजारको बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता सामाजिक न्याय लगायतका शासन प्रणालीका आधारहरुमाथिको प्रहार र घात हुने गरी संसद् विघटन नगर्नुस् भनेका थियौँ’, पुनले भने, ‘उहाँले मान्नुभएन र संसद् विघटन गर्नुभयो ।’
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend