Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री ज्वाला भन्छन – यातायात क्षेत्र व्यवस्थित बनाउन प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दैछु


    बिहिबार, माघ ४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सरोकार समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको स्पष्ट पारेका छन् । बिहीबारको उक्त बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका हुन् ।

    उनले चाडपर्वमा हुने दुर्घटनामा कमी आएको बताउँदै भने– ‘सडक दुर्घटना र सडक सुरक्षाको विषय उठेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । हामीले दुर्घटना न्यूनीकरणको प्रयास गरेका छौँ। चाडपर्व हुने दुर्घटनामा कमी आएको छ। त्यो भनेको हाम्रो निरन्तर अनुगमनले नै हो।’

    दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर रहेको समेत मन्त्री ज्वालाले टिप्पणी गरे । उनले सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन एउटै हुनुहुँदैन भन्ने विषय उठेकाले एउटै ड्राफ्ट बनाएर अर्थ मन्त्रालय पठाइएको उनले बताए । ‘हामीले सुरुमा ड्राफ्ट बनाएर अर्थमा पठाउँदा एउटै बनाएर पठाऊ भन्यो। हामीले एउटै बनाएर पठाएका छौँ। अहिले धेरै अधिकार प्रदेशमा पनि छ । यातायात क्षेत्र व्यवस्थित बनाउन ७ गते प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएका छौँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार