Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पाकिस्तानको दाबी-इरानमा आतंककारी लुकेको स्थानमा आक्रमण गर्‍यौँ


    बिहिबार, माघ ४ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको छ।

    पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गरी यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको बताएका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान पाकिस्तानले इरानको सिस्तान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादीहरूको विशेष रूपमा पहिचान गरिएका लक्ष्यहरूमा आक्रमण गर्‍यो। गुप्तचर सूचनाका आधारमा गरिएको ‘मार्ग बार सरमचार’ नामक अपरेसनमा धेरै आतंककारी मारिएका छन्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार