Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनिता डंगोल भन्छिन्- १५ हजारलाई रोजगारी दिने लक्ष्य लिएका छौं  


    मंगलबार, माघ २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरले रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमको शुभारम्भ गरेको छ ।

    कार्यक्रम अन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य महानगरको छ । लक्ष्यमा सहयोग पुर्याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    यसअन्तर्गत प्रदान गर्ने ३४ वटा बिधाका तालिम कार्यक्रमहरु मध्य साइवर सेक्युरिटी तालिमको उद्घाटन गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षमा ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य तथा आफ्ना बाँकी रहेको कार्यकालमा कम्तिमा १५ हजार जना महानगरबासीलाई रोजगारी दिने लक्ष्य लिइएको जानकारी दिइन् ।

    उक्त कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरेको महानगरपालिकाले जनाएको छ । साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइने महानगरले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार