Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिशूलीमा खसेको गाडीका चालक सकुशल रहेको प्रारम्भिक जानकारी


    मंगलबार, माघ २ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । त्रिशूली नदीमा खसेको गाडीका चालक सकुशल रहेको जानकारी आएको छ । मंगलबार बिहानै करिब ४ बजे त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी खसेको थियो।

    उक्त बोलेरोमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ । त्यस्तै उक्त बिआर ०९ जीसी १४३० बोलेरो गाडी त्रिशूली नदीभित्र फेला परिसकेको छ। तर उक्त गाडीका चालक भने सम्पर्कविहीन छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बोलेरो चालक पुरुष पनि सकुशल रहेको जानकारी आएको छ ।

    बिहान ४ः४० बजेको समयमा उक्त घटना पछि एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको देखेको बताएको प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार