Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति ?


    मंगलबार, माघ २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटेको जानकरी दिएको हो । इन्डियन आयल कर्पोरेसनबाट हिजो मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

    भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएकाले यही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

    पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ र डिजेलको मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डाै, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

    त्यस्तै यसअघिको ग्यासको मूल्य भने प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ नै रहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार