Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गृहमन्त्री श्रेष्ठको टिप्पणी- मन्त्रालयको संख्या घटाउनु पर्छ कि जस्तो लागेको छ


    शनिबार, पुष २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूको संख्या घटाउनुपर्ने टिप्पणी गरेका छन्।

    मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरू त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताएका हुन्।

    शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए।

    यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

    ‘यो हस्तकला निर्माण विकास मन्त्रालय नै बनाऔं भन्नुभएको रहेछ। यो मन्त्रालय नै थप्ने कुरामा त अहिले जान मिल्छ जस्तो मलाई लाग्दैन। मन्त्रालय त बरू घटाउनुपर्छ कि जस्तो लाग्छ मलाई पर्सनल्ली,’ उनले भने, ‘तर पनि यो मन्त्रालय नभए पनि विभागसम्म हुन्छ कि भन्ने तपाईंहरूको अर्को प्रस्ताव पनि छ। त्यसलाई सकारात्मक रूपमा सोच्नुपर्छ जस्तो मलाई लागेको छ।’

    उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए।

    श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए।

    उनले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोहोर्‍याए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार