काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएका बिजुलीको लाइन जोडिदिने भएको छ। मन्त्रिपरिषदको पत्र पाएपछि शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले आजैदेखि लागू हुनेगरी डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको काटिएको लाइन जोडिदिने निर्णय गरेको हो।
बोर्ड बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादको विषयमा छानबिन समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म लाइन जोडिदिने निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरण स्रोतले भन्यो,’छानबिन आयोगको प्रतिवेदन नआउन्जेलसम्मका लागि लाइन जोडिदिने निर्णय भएको छ।’
मन्त्रिपरिषदले छानबिन समितिलाई ३० दिनको समयसीमा दिएको छ। प्राधिकरणले अहिले ३० दिनका लागि काटिएका उद्योगहरुको बिजुलीको लाइन जोडिदिने भएको हो।
यसअघि पुस ५ गतेको मन्त्रिपरिषद बैठकले सरकारले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जडान गर्न निर्देशन दिएको थियो।
मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादको विषयमा छानविन समिति समेत बनाएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा छानबिन समिति बनाएको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्न सुरु गरेको थियो।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend