Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खेलकुद मन्त्री लिम्बूलाई पत्नी शाेक


    शुक्रबार, पुष २७ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको ५८ वर्षको उमेरमा निधन भएको छ ।

    ५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए ।

    गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आजै गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।

    केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार