Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष खड्का मृत फेला


    बिहिबार, पुष २६ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त–६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए ।

    “बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “रातिको समयमा घटना भएको देखियो ।” उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए ।

    घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ । बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार