जाजरकोट । क्वोने (घोताने–घोण्डे) गुरुङ (तमु) समाजले जाजरकोटका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कलपतका पीडितहरुलाई समाजले स्लिपिङ ब्याग वितरण गरेको हो ।
स्थानीय सरकार र स्थानीय प्रशासनको समन्वयमा पीडितहरुकोवीचमा पुगेर २ सय ५० थान स्लिपिङ ब्याग वितरण गरिएको क्वोने (घोताने–घोण्डे) गुरुङ (तमु) समाजका कोषाध्यक्ष नारायणकुमार गुरुङले बताए । चिसोमा सुत्नका सकिने स्लिपिङ ब्याग वितरण गरिएको उनको भनाई छ । हिउँदको चिसोमा पीडितहरुलाई सहयोग गर्न पाउदा आफूहरु खुशी भएको कोषाध्यक्ष गुरुङले बताए ।
वितरणमा समाजका उपाध्यक्ष श्रीप्रसाद गुरुङ, नलगाड नगरपालिका वडा नम्बर १ कलपतका वडा अध्यक्ष धनबहादुर महर, वडा सदस्य मोतकला परियार, वडा सचिव मानबहादुर चतरा, इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटका, प्रहरी निरिक्षक (इन्स्पेक्टर) माधव प्रसाद चौधरी, इन्स्पेक्टर माधव विष्ट लगायतको उपस्थीति रहेको थियो ।
राहत वितरणको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख तथा नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले समन्वय गरीदिएको कोषाध्यक्ष गुरुङले बताए । गत १७ कात्तिकको मध्यराति जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटमा मात्रै १०१ जनाको ज्यान गएको थियो । १५८ भन्दा बढी घाइते भए ।
उता भूकम्पबाट प्रभावित रुकुम पश्चिममा ५४ जनाको ज्यान गयो भने १७९ भन्दा बढी घाइते भए । तथ्यांकअनुसार भूकम्पले साढे ३४ हजारभन्दा बढी परिवारलाई विस्थापित बनाएको छ ।
भूकम्पले जाजरकोटमा करिब नौ हजार सात सय ९४ घरमा पूर्ण रूपमा क्षति भएको छ भने २४ हजार ७०७ घर बस्न नमिल्ने गरी आंशिक क्षति भएको अवस्थामा छन् । रुकुम पश्चिममा नौ हजार ४५८ घर पूर्ण रूपमा क्षति भएका छन् भने १६ हजार ४२८ घर आंशिक रूपमा क्षति भएका छन् ।
भूकम्पले जाजरकोटमा ३२८ विद्यालय भवनमा पूर्ण क्षति भएको छ भने ४०८ विद्यालय भवनमा आंशिक क्षति भएको देखिन्छ । अन्नपात, पशुचौपायालगायतको क्षतिको हिसाब गर्ने हो भने अर्बौं पुग्छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend