Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • लकडाउनलाई थप प्रभावकारी बनाउँदै प्रहरी


    सोमबार, चैत्र २४ २०७६
    730
    Shares
  • १ मिनेट पाठ
  • हेटौँडा,  २४ चैत ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले  सक्रियता बढाएको छ।   

    सरकारले घोषणा गरेको लकडाउन आम नागरिकका लागि भएकाले त्यसबाट सचेत रहन र सुरक्षित गराउन प्रहरीको अनुगमन तीव्र पारिएको  छ।  जिल्लाअन्तर्गत बजार क्षेत्रमा माइकिङ गराउँदा सर्तक तथा कारवाही सन्दर्भमा प्रहरीले सूचनासमेत दिने गरेको छ।  लकडाउन उल्लङ्घनको सन्र्दभमा व्यापक गुनासो आएपछि प्रहरीको सक्रियता बढेको बताइएको छ।   

    प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा सुरक्षा निकायको बैठकले लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको हो। घरमा सुरक्षित रहन र स्यानिटाइजको प्रयोग गर्न हेटौँडाका विभिन्न सङ्घ संस्थाले विज्ञप्तिमार्फत सचेत गराउँदै आएका छन्।   रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार