काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका छन् । उनले आफू खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट भई नियुक्त भएको र पाँच दिन पनि काम नगर्दै राजीनामा दिनुपर्ने भए पद त्याग्न तयार रहेको बताएका छन् ।
पत्रमा उनले आफ्नो राजीनामा मागिनुको स्पष्ट कारण नेपाली जनतालाई भनिदिनुपर्ने बताएका छन् । उनले सुदूरपश्चिम जन्मभूमि भएकै कारण आफूमाथि अन्याय गर्न खोजिएको आशय व्यक्त गरेका छन् ।
उनले आफूमा कुनै कमजोरी र स्वार्थको द्वन्द्व प्रमाणित भए निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन् । ‘मेरो विगतको काममा कुनै अनियमितता भएको छ वा मेरो नियुक्तिमा स्वार्थको द्वन्द्व प्रमाणित भएको छ भने तथ्यसहित निष्पक्ष छानबिन गरियोस् । म त्यस्तो छानबिनको सामना गर्न पूर्ण रूपमा तयार छुु, उनले भनेका छन् ।
आदरणीय डा. गोविन्द केसी ज्यू,
यदि तपाईंलाई खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट भई नियुक्त भएको व्यक्तिले पाँच दिनसम्म पनि काम गर्न नपाउँदै रजिस्ट्रार पदबाट राजीनामा दिनुपर्छ भन्ने लाग्छ भने म पद त्याग्न तयार छु। यो पद मेरा लागि व्यक्तिगत प्रतिष्ठा, सुविधा वा स्वार्थपूर्तिको माध्यम होइन। तर मेरो राजीनामा माग्नुको तथ्यगत, कानुनी र नैतिक आधार के हो भन्ने विषयमा तपाईंले राष्ट्र र सम्पूर्ण नेपाली जनतासामु स्पष्ट जवाफ दिनुपर्छ।
म सुदूरपश्चिमको एक सामान्य किसान परिवारमा जन्मिएको व्यक्ति हुँ। सीमित अवसर र अनेक कठिनाइका बीच अध्ययन गर्दै अगाडि बढेको हुँ। मेरो जीवनका झन्डै तीन दशक चिकित्सा शिक्षा, मेडिकल कलेज प्रशासन, अस्पताल व्यवस्थापन र संस्थागत नेतृत्वमा बितेका छन्।
मैले वरिष्ठ लेखापालदेखि वरिष्ठ लेखा अधिकृत, वरिष्ठ प्रशासक र प्रमुख कार्यकारी अधिकृतसम्मका जिम्मेवारी सम्हालेको छु। नेपाल मेडिकल काउन्सिलको कार्यकारी बोर्ड सदस्य तथा गेटास्थित स्वास्थ्य विज्ञान संस्थाको कार्यकारी परिषद् सदस्यका रूपमा समेत काम गरिसकेको छु।
मैले चिकित्सा शिक्षा क्षेत्रलाई बाहिरबाट हेरेको मात्र होइनस यस क्षेत्रका अवसर, समस्या, कमजोरी, विकृति र सुधारका सम्भावनालाई दशकौँसम्म संस्थाभित्रै बसेर अनुभव गरेको छु। त्यही ज्ञान र अनुभवलाई आफ्नै जन्मभूमि र सुदूरपश्चिमका जनताको सेवामा प्रयोग गर्ने उद्देश्यले म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार पदका लागि खुला प्रतिस्पर्धामा सहभागी भएको हुँ।
शिक्षा मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक विज्ञापनअनुसार भएको खुला प्रतिस्पर्धामा १९ जना आवेदकमध्ये मूल्यांकन प्रक्रियाबाट म पहिलो स्थानमा छनोट भएको हुँ। म कुनै राजनीतिक नियुक्ति, पारिवारिक पहुँच, व्यक्तिगत प्रभाव वा बन्द कोठाको निर्णयबाट यो पदमा आएको होइन।
त्यसैले मेरा केही स्पष्ट प्रश्न छन्
एउटै विज्ञापनअन्तर्गत प्रतिस्पर्धा गरेका अन्य उम्मेदवार योग्य हुने, तर मूल्यांकनमा पहिलो स्थानमा छनोट भएको म मात्रै अयोग्य कसरी भएँ?
मेरो नियुक्तिमा कानुनी वा प्रक्रियागत त्रुटि भएको हो भने त्यसको प्रमाण सार्वजनिक गरियोस्। मेरो योग्यता अपुग छ भने कुन कानुन, कुन मापदण्ड र कुन आधारमा अपुग छ, स्पष्ट भनियोस्।
मेरो विगतको काममा कुनै अनियमितता भएको छ वा मेरो नियुक्तिमा स्वार्थको द्वन्द्व प्रमाणित भएको छ भने तथ्यसहित निष्पक्ष छानबिन गरियोस्। म त्यस्तो छानबिनको सामना गर्न पूर्ण रूपमा तयार छु।
तर कुनै प्रमाण प्रस्तुत नगरी केवल “स्वार्थको द्वन्द्व” भन्ने आरोप लगाएर मेरो पदको बलिदान माग्नु न्याय हो कि व्यक्तिगत पूर्वाग्रहरु
डा. के.सी.ज्यू, के यो तपाईंको चिकित्सा शिक्षा सुधारको सिद्धान्त हो, वा कुनै व्यक्तिप्रतिको व्यक्तिगत असहमति र पूर्वनिर्धारित धारणारु
के सुदूरपश्चिमले आफ्नै माटोमा जन्मिएको, चिकित्सा शिक्षा व्यवस्थापनमा लामो अनुभव हासिल गरेको र खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट ठहरिएको व्यक्तिबाट सेवा पाउने अधिकार राख्दैनरु
के सुदूरपश्चिमको नागरिक भएकै कारण म अयोग्य भएको हुँ?
के गेटाको अस्पताल निर्देशक, उपकुलपति, रेक्टर वा रजिस्ट्रारमध्ये कोही पनि सुदूरपश्चिमको नागरिक हुनु हुँदैन?
के सुदूरपश्चिमका मानिसहरू सधैँ सेवाग्राही मात्र भइरहने र आफ्नै प्रदेशमा स्थापना भएको संस्थाको नेतृत्व गर्न कहिल्यै योग्य नठहरिने हुन्रु
सुदूरपश्चिमका नागरिकले दशकौँदेखि गुणस्तरीय चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको अभाव भोगिरहेका छन्। आज पनि यहाँका धेरै नागरिक उपचारका लागि काठमाडौं वा भारतका विभिन्न सहरसम्म जान बाध्य छन्।
गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कुनै साधारण संस्था होइन। यो सुदूरपश्चिमका नागरिकको लामो संघर्ष, त्याग, सपना र अपेक्षासँग जोडिएको संस्था हो। यस्तो संस्थालाई सफल बनाउन योग्यता, अनुभव, इमानदारी, संस्थागत क्षमता र स्थानीय सामाजिक तथा भौगोलिक यथार्थको ज्ञान आवश्यक हुन्छ।
म नियुक्त भएको पाँच दिनमै मेरो कार्यक्षमता कसरी मूल्यांकन गरियोरु
मैले कुन निर्णयमा अनियमितता गरेँ ?
म कुन जिम्मेवारी पूरा गर्न असफल भएँ?
मैले विश्वविद्यालय वा सार्वजनिक हितविपरीत कुन काम गरेँरु
मलाई काम सुरु गरेर परिणाम देखाउने अवसरसमेत नदिई मेरो चरित्र, योग्यता, क्षमता र नियतमाथि प्रश्न उठाउनु कसरी न्यायसंगत हुन सक्छ?
म सार्वजनिक पदमा रहेकाले मेरो काम, निर्णय र आचरणमाथि प्रश्न उठाउने अधिकार प्रत्येक नागरिकलाई छ। म निष्पक्ष छानबिन, सार्वजनिक परीक्षण र कानुनी प्रक्रियाबाट भाग्ने व्यक्ति होइन। बरु मेरो नियुक्ति प्रक्रिया, योग्यता, अनुभव र विगतको भूमिकाबारे आवश्यक छानबिन गर्न म स्वयं आग्रह गर्दछु।
तर छानबिन तथ्यमा आधारित हुनुपर्छ, आरोपमा होइन। निर्णय कानुनअनुसार हुनुपर्छ, व्यक्तिगत दबाबअनुसार होइन। मेरो मूल्यांकन मेरो जन्मस्थान, थर, क्षेत्र वा पहिचानका आधारमा होइनस योग्यता, अनुभव, इमानदारी, कार्यक्षमता र परिणामका आधारमा हुनुपर्छ।
डा। के।सी।ज्यूले नेपालको चिकित्सा शिक्षा सुधारका लागि गर्नुभएको संघर्ष र योगदानप्रति मेरो सम्मान छ। तर चिकित्सा शिक्षा सुधारको अभियान चलाउने व्यक्तिले अरूमाथि आरोप लगाउँदा अझ जिम्मेवार, निष्पक्ष र तथ्यपरक हुनुपर्छ।
कुनै व्यक्तिको दशकौँको व्यावसायिक यात्रा, योग्यता, अनुभव र खुला प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिलाई तथ्य र प्रमाणविना अस्वीकार गर्नु सुधार होइनस त्यो अर्को प्रकारको अन्याय हो।
म पदमा टाँसिएर बस्न चाहने व्यक्ति होइन। यदि निष्पक्ष छानबिनबाट म अयोग्य प्रमाणित भएँ, मेरो नियुक्ति कानुनविपरीत भएको प्रमाणित भयो वा मेरो उपस्थितिले विश्वविद्यालयको हितमा वास्तविक क्षति पुगेको देखियो भने म एक क्षण पनि पदमा बस्नेछैनँ।
तर कसैको व्यक्तिगत माग, अपूर्ण सूचना, हल्ला, पूर्वाग्रह वा दबाबका आधारमा म राजीनामा दिनेछैनँ। किनकि यो विषय मेरो पदको मात्र होइन।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend