Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, नेपाल र क्यानडाबीच एक दिवसीय क्रिकेट माघमा 


    बिहिबार, पुष १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आज वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

    बिहीबार पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । ३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ ।

    यस्तै क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ । यो सिरिज माघदेखि फागुनको बीचमचा हुने छ ।

    क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला नेपालले नै आयोजना गर्ने छ ।

    त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार