Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सन् २०२३ मा विश्वभर १२० पत्रकार मारिए


    आइतबार, पुष १५ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सन् २०२३ मा विश्वभर १२० पत्रकार मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आज जारी गरेको प्रतिवेदन अनुसार विश्वभर उक्त संख्यामा पत्रकार तथा सञ्चारकर्मी मारिएका हुन् ।

    जसमा गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार र सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् । यस्तै एसिया प्यासिफिक क्षेत्रमा भारतमा ३, अफगानिस्तानमा २ , फिलिपिन्समा २, बंगलादेशमा २, पाकिस्तानमा २ र चीन १ पत्रकार मारिएका छन् ।

    उत्तर र दक्षिण अमेरिकामा गरी तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरन र एक अमेरिकी पत्रकार मारिए । आइएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई अपनाउन आह्वान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार