काठमाडौं । नेपाल भन्सार एजेन्ट संघ काठमाडौं जिल्लाको तेह्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
काठमाडौंको बानेश्वर ब्याङ्केटमा सम्पन्न भएको साधरणा सभामा प्रमुख अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा देखिएका समस्या र चुनौतीहरूको क्रमशः सुधार गर्दै जाने बताए।
उनले धेरै प्रकारका समस्या झेल्दै आएका व्यवसायीहरूलाई क्रमशः सहजीकण गर्दै लाने प्रतिबद्धता समेत व्यक्त गरे । भन्सार एजेन्टहरूले पुलको काम गरेको भन्दै उनले इमानदारीपूर्वक काम गर्न भन्सार एजेन्टहरूलाई आग्रह गरे ।
कार्यक्रममा भन्सार एजेन्ट महासंघका अध्यक्ष भरतराज घिमिरेले सरकारका विभिन्न विभागहरूले व्यवसायीलाई अनावश्यक दुख दिएको भन्दै सहजीकरण र एकद्वार प्रणालीको व्यवस्था गर्न सरकारलाई सुझाउ दिए । कार्यक्रमका अर्का अतिथि नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार एजेन्टहरूले आयातलाई भन्दा निर्यातलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए ।
भन्सार एजेन्ट महासंघका संस्थापक एवं संघका संस्थापक जयप्रसाद शिवाकोटीले व्यापारीहरूले भन्सार मूल्यांकनको विषयलाई लिएर व्यवसायी तथा स्वयं एजेन्टले पनि दुख पाइरहेको चर्चा गर्दै भन्सार ऐन सुधार गर्नुपर्ने बताए ।
यसैगरी कार्यक्रममा अर्का अतिथि निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोख्रेल , नेपाल फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारी, नेपाल कुरियर संघका उपाध्यक्ष तिलराज खतिवडा र काठमाडौं भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष शिशिर बहादुर गौतमलगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सभापतिको आसन ग्रहण गर्दै नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष गौतम भट्टले भन्सार एजेन्टहरूले भोग्नुपरेका विभिन्न समस्या र समाधानका उपायका बारे आफ्नो धारणा व्यक्त गरे ।
कार्यक्रममा संयुक्त मजदुर युनियनका अवकाश प्राप्त मजदुरहरू विष्णु प्रसाद पौडेल, तुलसीराम कसुला, शिवबहादुर घर्ती , कृष्णबहादुर रायमाझी, प्रकाश चापागाईँ, हनबहादुर कार्की, लक्ष्मण थापालगायतलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा कुशल भन्सार एजेन्ट बोलाराम पाण्डेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिबाट संस्थापक अध्यक्ष जयप्रसाद शिवाकोटी, शिवनारायण जोशी, भरतराज घिमिरे, विष्णुमणि खनाल, शिशिरबहादुर गौतमलगायतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूलाई संघका अध्यक्ष गौतम भट्टले मायाको चिनो प्रदान गरेका थिए । साधारण सभामा बोल्ने अधिकांश वक्ताहरूले वैधानिक बाटोबाट भन्दा अवैध बाटोबाट अत्यधिक मालवस्तु भित्रिएकोमा चिन्ता गर्दै भन्सार शुल्क घटाएर राज्यले वैध मार्गबाट मात्र मालवस्तुको आयात निर्यात गर्न प्रोत्साहन गर्नुपर्ने बताए । साधारण सभाको बन्दसत्रले नेपाल भन्सार एजेन्ट संघ काठमाडौंको विधान संशोधन प्रस्ताव पारित गरेको संघका सदस्य सुमन निरौलाले नयाँ सडकलाई बताए ।
बन्द सत्रले सचिव होमनाथ धमला र कोषाध्यक्ष शिवराज रिजालले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत पारित गरिएको सचिव धमलाले बताए । सभामा विधान संशोधन, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिकलगायतका विषयमा प्रस्तुत प्रस्ताव पारित गरिएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend