काठमाडौं । रसुवा भन्सार कार्यालयबाट भन्सारछली गरी सामान भित्र्याउने क्रम रोकिन सकेको छैन । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले सेटिङमै प्रज्ञापनपत्रमा एकथरी सामान लेख्ने र त्यसमा महंगा सामान ल्याउने ब्यापारीहरुलाई तस्करीको लाइन दिएका छन् । रसुवा भन्सार कार्यालयले १० पुस, २०८० मा छाडेका ८ वटा मालवाहक ट्रकमध्ये ६ वटा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि सेटिङमा तस्करी हुँदैआएको पुष्टि भएको छ ।
८ वटा मालबाहक ट्रकमध्ये राजस्व अनुसन्धान विभागले ६ वटा नियन्त्रणमा लिएपछि बाँकी २ वटा ट्रकको प्रज्ञापनपत्रमा भएका बाहेकका सामान सिल काटेर निकाली पुनः सिलबन्दी गरिएको स्रोतले बताएको छ ।
६ वटा ट्रक नियन्त्रणमा लिएको सूचना इश्वर गुभाजुले पाएपछि हतार हतार रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकलाई जानकारी गराए । शुक्रबार बिदा लिएर काठमाडौंमा आएका भन्सार प्रमुख पाठक रातारात फर्किएर रसुवा भन्सारको यार्डमा पुगे । र, ती २ वटा ट्रक रिचेक गर्न लगाएर पुनः सिल लगाएका छन् । प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी घोषणा नगरिएका सामान निकालेर ट्रकमा सिलबन्दी गरिएको आरोप भन्सार प्रमुख पाठकमाथि लागेको छ ।
भन्सारबाट चेक जाँच भइसकेका ६ वटा ट्रकमा भन्सारछली भएका सामान भएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिइसकेपछि यार्डमा रहेका २ वटा ट्रकको सिल काटेर प्रज्ञापनपत्रमा भएबाहेकका सामान निकालेर पुनः सिलबन्दी गरिएकोबारेमा भन्सार कार्यालय रसुवाका प्रमुख रामप्रसाद पाठकले भने–‘सिल काटिएको होइन, रिचेक गरिएको हो । शंका लागेमा भन्सारले रिचेक गर्नसक्छ ।’
भन्सार बिभागका महानिर्देशक शोभाकान्त पौडेलले रसुवा भन्सारका केही ट्रकको रिचेक गर्न विभागले नै टोली खटाएको बताए । उनले भने–‘भन्सार विभागले नै केही त्रुटि छ कि भनेर रिचेक गर्न पठाएको हो । त्रुटि भेटिए कारबाही हुन्छ ।’
महानिर्देशक पौडेलले रिचेक गर्न टोली खटाएको बताए पनि रसुवा भन्सारका प्रमुख पाठकले भने त्यो कुरा बताउन चाहेनन् । भन्सार विभागले शंका लागेकाले रिचेकका लागि खटाएको बताए पनि पाठकले भने केही नभएको बताए ।
स्रोतका अनुसार दुबै ट्रक माओवादीनिकट ब्यापारी इश्वर गुभाजुका हुन् । गुभाजु सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसद माधव सापकोटा ‘सुबोध’का ब्यापारिक पार्टनर पनि हुन् ।
राजस्व अनुसन्धान विभागबाट सूचना चुहिएपछि ब्यापारी गुभाजुले यार्डबाट ट्रक नै ननिकाली हतार हतार भन्सार प्रमुखलाई बोलाएर भन्सारछलीका सामान झिकेको आरोप छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रसुवा भन्सारबाट आएका ट्रक परीक्षणका लागि नियन्त्रणमा लिइएको बताए । उनले भने–‘ती ट्रकले तोकिएको मूल्यमा भन्सार शुल्क तिरेर सामान ल्याएका छन् कि छैनन्, अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ । सिष्टमबाट हेर्दा गडबडी भएको आशंकमा ती ६ ट्रक नियन्त्रणमा लिइएको हो ।’ यार्डमा भएका ट्रक नियन्त्रणमा लिने अधिकार राजस्व अनुसन्धानलाई नभएको पनि उनले बताए ।
डा. प्रकाशशरण महत अर्थमन्त्री भइसकेपछि सिन्धुपाल्चोकका बुद्धराज बस्नेत र नुवाकोटका अरुण थापाले सेटिङमा तस्करीका गाडी छुटाउने ठेक्का नै लिएका छन् । रसुवा भन्सार प्रमुख पाठकसँग लाइन मिलाएर उनीहरुले आफूले क्यारिङ गरेका मात्र होइन, अरुका गाडीसमेत छुटाउने गरेका छन् । प्रतिट्रक २ लाखका दरले उनीहरुले जिम्मा लिएको बिषय यसअघि पनि नेपालफेसले उजागर गरिसकेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend