Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अमेरिका पठाउने भनी १४ लाख ९० हजार ठगी गर्ने महिला पक्राउ


    शुक्रबार, पुष १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी करिब १४ लाखभन्दा बढी रुपियाँ लिई सम्पर्कविहीन भएका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले स्थायी घर काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरेको जानकारी दिए।

    थापाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी हेमराज रेग्मीसँग १४ लाख ९० हजार रुपियाँ लिई सम्पर्कविहीन भएको प्रवक्ता रेग्मीले बताए ।

    थापाले रेग्मीलाई वैदेशिक रोजगारीका लागि अमेरिका जान तीन लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख ५० हजार हुन्छ भनी प्रलोभनमा पारेका थिए । यसका लागि शाहीले रेग्मीसँग १४ लाख ९० हजार लिई सम्पर्कविहीन भएका थिए । प्रवक्ता रेग्मीका अनुसार थापालाई बिहीबार काठमाडौं–२६ सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार